नियम १२
एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने
(१) स्वदेश वा विदेशमा चिकित्सा शिक्षाका स्नातक तह, स्नातकोत्तर तह र सो भन्दा माथिल्लो तहको कार्यक्रममा अध्ययनका लागि भर्ना हुन चाहने विद्यार्थीको लागि खुला प्रतियोगिताद्वारा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेछ।
(२) उपनियम (१) बमोजिमको परीक्षा समान तहका लागि एकै पटक वा फरक फरक समय र दिनमा सञ्चालन गर्न सकिनेछ।
॥ पहिलो संशोधनद्वारा थप। तर समान तहको एउटै विषयको परीक्षा एकै दिन र एकै समयमा सञ्चालन गर्नु पर्नेछ।
)३ (एकीकृत प्रवेश परीक्षाको विषयगत पाठ्यक्रम, पाठ्यभार, न्यूनतम योग्यता, उत्तीर्णाङ्क ,नतिजा प्रकाशन तथा परीक्षा सञ्चालन सम्बन्धी अन्य व्यवस्था समितिले निर्धारण गरे बमोजिम हुनेछ।
)४ (विदेशी विद्यार्थीको हकमा ऐनको दफा १६ को उपदफा )२ (का अतिरिक्त अन्य कुराहरू आयोगले तोके बमोजिम हुनेछ।